सिमकोट । प्रतिनिधि सभाको शुक्रबार मतगणना भएदेखि अगाडि रहनु भएका नेपाल कम्युनिस्ट पार्टी उम्मेदवार डाक्टर दिपेन्द्र रोकाया अहिले नेपाली कांग्रेसका उम्मेदवार भन्दा झिनो मतले पछि पर्नु भएको छ । प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा दुई उम्मेदवारको प्रतिस्पर्धा रोचक देखिएको छ । प्रदेश ख को खार्पुनाथ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका रोकायाले १ सय ४५ मतले नेकपा डाक्टर रोकायलाई पछि पार्नु भएको छ । कांग्रेस रोकायाले पाँच हजार सात सय ७३ मत प्राप्त गरेर अग्रता लिनुभएको छ । भने नेकपाका रोकायाले पाँच हजार छ सय २८ मत प्राप्त गरि पछि पर्नु भएको छ । अहिले मतगणना जारी रहेको छ । अब सिमकोट र नाम्खा गाउँपालिकाको मतगणना हुन बाँकी छ ।
दिपेन्द्रलाई पछि पार्दै जयपति अगाडि
दिपेन्द्रलाई पछि पार्दै जयपति अगाडि

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




