- सोलुखुम्बु, असार ३०। नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ।
गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रम तथा योजनाको २०८३ असार २५ गतेसम्म सम्पूर्ण खर्च लेखाङ्कन गर्ने कार्य सम्पन्न भएको जनाएको छ। गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ।
सार्वजनिक विवरणअनुसार चालु तर्फ ३९ करोड ८ लाख रुपैयाँ विनियोजन भएकामा ३४ करोड २५ लाख १९ हजार ६ सय ८८ रुपैयाँ ५५ पैसा खर्च भएको छ, जुन ८७ प्रतिशत हो।
यस्तै, पुँजीगततर्फ १३ करोड २८ लाख ७५ हजार ८ सय ८३ रुपैयाँ विनियोजन भएकामा ११ करोड १ लाख २५ हजार २ सय ४१ रुपैयाँ १९ पैसा खर्च भएको छ। यो ८२ दशमलव ८८ प्रतिशत खर्च प्रगति हो।
समग्रमा गाउँपालिकाको कुल ५२ करोड ३६ लाख ७५ हजार ८ सय ८३ रुपैयाँ बजेटमध्ये ४५ करोड १ लाख ५६हजार ४ सय ३८रुपैयाँ ७४ पैसा खर्च भएकाे गाउपालिकाले जनाएकाे छ।
नेचासल्यान गाउँपालिकाले सार्वजनिक गर्यो वार्षिक वित्तीय प्रगति विवरण
नेचासल्यान गाउँपालिकाले सार्वजनिक गर्यो वार्षिक वित्तीय प्रगति विवरण

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




