सिमकोट । हिमाली जिल्ला हुम्लामा स्थलमार्ग र हवाई मार्ग गरेर सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
शुक्रबार विहान ढुवानी हुन बाँबी रहेका पाँचवटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरले ढुवानी गरेसँगै सबै मतदान केन्द्रका मतपेटिका पुगिसकेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

आज विहाज जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तील, जाङ र वडा–४ चाला मतदान केन्द्रको मतपेटिका शुक्रबार विहान ढुवानी भएको हो । भने त्यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका– ५ नेप्का मतदान र ताँजकोट गाउँपालिकाको मासपुर मतदान केन्द्रको मतपेटिका हवाई मार्गबाट ढुवानी भएको थियो ।
फागुन २१ विहिबार मतदान कार्य सम्पन्न पश्चात जिल्लाका अन्य मतदान केन्द्रका मतपेटिका स्थल मार्गबाट विहिबार रातीनै सदरमुकाम सिमकोट पुगिसेका थिए ।
सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपनि दिउँसो तीन बजे मात्रै सर्वदलिय बैठक बसेर मतगणनाको समय तोकिने भएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो । अन्य राजनितिक दलका सबै उम्मेदवार सदरमुकाम सिमकोट पुगिसकेपनि नेकपा एमालेका उम्मेदवार नपुगेका कारण तीन बजे सर्वदलिय बैठक बस्ने भएको उहाँले बताउनुभयो । सर्वदलिय बैठक बस्नका लागि जिल्ला स्थित सबै राजनितिक दल उम्मेदवार जानकारी गरिसकिएको छ ।





