सिमकोट । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले सदरमुकाम सिमकोटमा विरोध प्रदर्शन गर्दै बजारपरिक्रकमाका गर्दै सडकमा उत्रिएका छन् ।
जिल्लामा लामो समयदेखि महिला हिंसा, हिंसा, र पिडितका पक्षमा आवाज उठान गर्दै आएको नेपाल अष्ट्रिया संस्थाको अगुवाइमा सिमकोट बजारमा भएको प्रदर्शनमा सहभागीहरूले ‘महिला माथि बलत्कारी र हिंसा बन्द गर’, ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जात व्यवस्था मुर्दावाद’, ‘बलात्कारीलाई कारबाही गर’, ‘पितृसत्ता मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएकी थिइन् । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको पाइएको छ ।
सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।







