आर्टिकल दलजित कार्की
सिमकोट । राजनीति निश्चित दार्सिक विचारधाराबाट निर्देशित र परिचालित हुन्छ भन्ने राजनीतिशास्त्रका पण्डितहरुको विश्वासमाथि नेपालमा सम्पन्न २०८२/११/२१ गतेको प्रतिनिधि सभा निर्वाचनको नतिजाले मिथ्यासावित गरिदिएको छ । नेपाली राजनीतिमा २००७ सालको प्रथम जनाआन्दोलन र प्रजातन्त्र स्थापना पश्चात बंशिय सर्वश्रेष्ठतावादी विचारधारा,प्रजातान्त्रिक समाजवादी विचारधारा र समाजवाद हुदै साम्यवादी विचारधारावाट निर्देशित प्रवृति र पात्रहरुको राज्यसत्तामा बोलवाल तथा दवदबाव रहदै आएको परिपेक्षमा २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पहिलो पटक स्वतन्त्र पाटीको नाममा निर्वाचनमा सहभागि भएको राजनीतिक दल र २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट देशको राजधानिमा रहेको काठमाण्डौं महानगरवाट नगर प्रमुखमा निर्वाचित बालेन्द्र साह सम्मिलित बनेको राष्ट्रीय स्वतन्त्र पाटीले नेपालको राजनीतिक इतिहासमा असाधारण अभिलेख दर्ज गरेको छ ।

२०७९ को प्रतिनिधिसभामा मुलको सबैभन्दा ठुलो राजनीतिक शक्ति नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पाटी एमाले मिलेर बनेको दुइतिहाइ सरकार करिव साडे एक वर्ष नबित्तदै २०८२ भाद्र २३ / २४ गते जेनजी समुहको नाममा भएको आन्दोलन शान्तिपुर्ण तवर वाट सुरु भएर हिंसात्मक र ध्वंसात्मक अवस्था हुदै दुइतिहाइको सरकार ढल्नेमात्र हैन मुलुकका प्रमुख प्रमुख धरोहर हुदै प्रमुख राजनीतिक दलका पाटी संरचना तथा नेताहरुका घरहरु छानी छानि ध्वस्त हुनेकाम भयो । साथै करिव ७३ जना जेनजी युवाहरुले सहादत प्राप्त गरे । मुलुकको सरकार विहिन परिस्थितिमा तत्कालिन जननिर्वाचित प्रतिनिधिसभा विघठन र गैरदलिय सरकारको मागलाई जेनजी समुहको बटमलाईन अनुसार सर्वोच्च अदालतको सेवानिवृत न्यायधिश शुसिला कार्कीको नेतृत्वमा गैरदलिय चुनावी सरकार बन्यो । उक्त सरकारले सम्पन्न गरेको फागुन २१ गतेको निर्वाचनको परिणाम बाट देशमा ब्याप्त भ्रष्टचार,सामाजिक संजालमाथिको प्रतिबन्ध र सुशासनको एजेण्डा अघिसारेको जेनजी आन्दोलनकारीको मागबमोजिम सार्वभौम नागरिकले करिव दुइतिहाईको जनादेश राष्ट्रीय स्वतन्त्र पाटीलाई सुम्पिदिएका छन् र मुलधारका राजनीतिक दलहरुलाई आफ्ना विगतमा कमिकमजोरीहरु सच्याउने युगिन अवसर पनि दिएका छन् ।
नेपालको इतिहासमा कुनै पनी दर्शन र विचार ठिक छैन र स्वतन्त्र विचार र अभिव्यक्ति सर्वेसर्वा हुन भन्ने भाषण र अभिब्यक्ति सामाजिक संजालको माध्यमवाट नेपालको राजनीतिलाई गलत र खराव करार तथा लोकप्रिय नाराहरु प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पाटि करिव दुइतिहाइको नजिक पुगेको छ । कल्याणकारी राज्यको ब्याख्याता लास्की,आदर्श राज्यको ब्याख्यता पेलेटो,राम राज्यको ब्याख्याता गान्धी, Utopia विचारक Sir. Thomas More, साम्यवादि विचारक कार्ल माक्स लगाएत अराजकतावाद, युरोपियन समाजवाद, लोकतान्त्रिक समाजवाद, प्रजातान्त्रिक समाजवाद, बहुदलिय समाजवाद, लेनिनवाद,माओवाद,हिन्दुवाद,बौद्धवाद,मुस्लिमवाद र जिसस् वाद कुनैको सैदान्तिक विचार न अङ्गालेको राष्ट्रिय स्वतन्त्र पाटिको काधमा नेपाली जनताले सार्वभौम सत्ता विसाएका छन् । राजनीति सिधावाटो वाट हिन्दैन तर गतिशिल हुन्छ भन्ने माक्सवादी दृष्टिकोण चाहि सत्य सावित भएको शन्दर्भमा राष्ट्रिय स्वतन्त्र पाटिको आगमि तल उल्लेखित कार्यभार पुरा गर्न सके उक्त पाटिको र नेपाली जनताको भाग्यको रेखा कोरिनेछ ।
राष्टीय स्वतन्त्र पाटीलाई जनादेशले सुम्पेको राजीतिक कार्यभारः
देशमा रहेको अपराधको रानीतिकरण र राजनितिको अपराधिकरणको अन्त्य, राजनीतिक दलका आर्थिक गतिविधिहरुको पार्दशिता, दलिए ट्रेड युनियनहरुको खारेजी, राजनीतिक नियुक्तिमा हुने दलगत भागवण्डाको अन्त्य, राजनीतिलाई व्यबसाय र व्यबसायलाई राजनीतिकरण वाट अलग र रजनीतिक दलहरुमा विविधता ब्यवस्थापनको लागि समावेशिकरणको अवलम्वन, बहुलवाद र लोकतन्त्रको रक्षा गर्न सके मात्रै असल राजनितिक संस्कारको विकास हुने देखिन्छ ।
राष्टीय स्वतन्त्र पाटीलाई जनादेशले सुम्पेको आर्थिक विकासको कारेभारः
नेपालको अस्थिर राजनीतिवाट सृजित न्युन अंकको आर्थिक वृद्धिदरलाई फराकिलो समावेशि तथा दोहोरो अंकको बृद्धीदरमा, सार्वजनीक खर्चको आय र खर्चको प्रभावकारी परिचालन, आर्थिक चुहावट नियन्त्रण गर्नु, नीजि क्षेत्रलाई सवल र सक्षम बनाउदै त्यसका गतिविधिहरुको निगरानी, नियन्त्रण, उत्प्रेरित, अभिभावकत्व ग्रहण गर्दै अनुसासन र पार्दशिता हसिल गर्नु मुलुकमा रहेको करिव २० प्रतिसत निरपेक्ष गरिवीको अन्त्य,ब्यरोजगारि समस्याको समाधान, गरिव र धनिविचको बढ्दो खाडल कम गर्नु, सहकारी क्षेत्रमा भएको अपचलन रोक्नु, विकासका पुर्वाधारहरुः शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, पर्यटन, मानव संसाधनको विकास, सुचना प्रविधिको विकास, विस्तार र नियमन, बढ्दो मुद्रास्फुर्ति कम गर्नु, बैदेशिक लगानीलाई ब्यवस्थित र आकर्षित गर्नु, प्रतिव्यक्ति आय र बैदेशिक मुद्रा संचितिलाई बृद्धी गर्नु, बैदेशिक रोजगारिलाई मर्यादित बनाउदै विप्रेषणवाट प्राप्त आयको उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने वातावरणको निर्माण लगायत अर्थतन्त्रका बहुआयमिक क्षेत्रलाई चलायमान गर्ने विस्वास सार्वभौम नागरिकको जनादेशले दिईएको छ ।
राष्टीय स्वतन्त्र पाटीलाई जनादेशले सुम्पेको सामाजिक कार्यभारः
नेपाली समाज विविधता र बहुआयमिक संरचनाहरु वाट चट्टान जस्तै वनेर आएको ईतिहास हाम्रो सामु छ । गोपनियताको संस्कार वाट हुर्केको नेपाली समाज विस्तारै खुला समाज उन्मुख हुदै गएको छ । नेपाली समाजम बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक,बहुजातिय विशेषतायुक्त, भौगोलिक विविधतामा वाडिएर बसेको छ । यहाँको कला,रहनसहन,भेषभुसा,चाडपर्वहरु हाम्रा पुजिहुन जसको उच्चतम प्रयोग र परिचालनवाट विश्वसामु नेपालको पहिचान कायम राख्नु, लामो समयवाट विविधतामा एकता कायम गरेको समाजलाई विखण्डन वाट रोक्नु, सामाजिक सांस्कृतिक मुल्य र मान्यताहरु वचाई राख्नु पर्ने कार्यभार पनि छ ।
राष्टीय स्वतन्त्र पाटीलाई जनादेशले सुम्पेको प्रशासनिक कार्यभारः
स्थायि सरकारकोरुपमा रहेको नेपालको प्रशासनिक संरचना संबैधानिक निकायले योज्ञता प्रणालिवाट छनौट गर्ने गरेको छ तथापि करर सेवावाट पनि भर्ति गर्ने गरेको देखिन्छ । निर्वाचि सरकारको ठिक मुनी बकेर सरकारको नीति तथा कार्यक्रम जनताको घर दैलोमा पुर्याउने मात्र नभई सरकार र नागरिक जोड्ने पुलको काम गर्ने, सार्वजनिक भलाईको लागि आफ्नो विषेसज्ञता उपलब्ध गर्ने,नीति निर्माण देखि नागरिकको जन्मदेखि चितासम्मका कार्यहरु गर्ने निकाय हो ।
मुलुकको राजनीतिक अस्थिरता,नीतिगत अस्थिरता,कर्मचारी तन्त्रको भद्दा संरचना, कर्मचारिको वृति विकासमा योज्ञता प्रणाली भन्दा पनि दलिय राजनीतिक चलखेल,नतिजामुखि भन्दा प्रक्रियामुखि,ब्यवसायिकताको अभाव जनताको नजरमा अप्रिय रहेको नेपालको प्रशासनिक संचनामा आमुल सुधारको खाचो देखिन्छ । जसको लागि संघिय निजामती सेवा ऐन बन्न सकेको छैन यो वन्न आवश्यक छ । तिन तहको राज्यको संरचना अनुसारको चुस्त र प्रभावकारी कर्मचारि संरचना निर्माण गर्नु,तिन तहका सरकारविचको अधिकार क्षेत्र र तिनको प्रशासनिक संरचना इखभचबिउउष्लन हुन नदिनु स्थानीय सरकारलाई सेवा वितरण केन्द्र, प्रदेश सरकारलाई पुर्वाधार विकास र संघिय सरकारलाई ठुला पुर्वाधार र अन्तराष्ट्रिय सम्वन्ध संचालनको रुपमा विकास र परिभाषित गर्नु चुनौतिपुर्ण जिम्मेवारि रहेको छ ।
त्यसैगरी नेपाली सेनाको सवलिकरण गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनु,नेपाल प्रहरीको समायोजन गर्नु,मुलुको वैदेशिक सम्वन्धलाई सन्तुलित र स्वतन्त्र राख्नु,कुटनीतिक नियोगहरुको क्षमता अभिवृद्धि गर्नु, इरान,इजरायल र अमेरिकाविचको द्धन्द्ध वाट एसियाको मध्य पुर्वी देशहरुमा रहेका नेपालिहरुको सुरक्षा गर्नु पर्ने कार्यभार रहेको छ ।
अन्तमा २०८२ फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनवाट करिव दुईतिहाको नजिक रहेको राष्ट्रिय स्वतन्त्र पाटीलाई एकल बहुमतको सरकार पाँच वर्षकोलागि निश्चित भएको छ । यो बहुमतलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्न सके मात्र सार्वभौम नेपाली जनताले दिइएको जनादेशको मर्म र भावनाको कदर हुने छ अन्यथा सरकार बनाउने र गिराउने उहि पुरानै पाटी जस्तै कुर्चिको लडाईमा समय खेर फाल्यो भने मुलुकमा अस्थिरता र अन्योलता झन झन बढ्दै जानेछ ।
अफ्रिकि मुलुक दक्षिण अफ्रिकामा काला जातिको पक्षमा आवाज गठाएवापत नेल्सन मण्डेलाँई २७ वर्ष जेल जिवन वाच्न बाध्य पारियो । पछि जेलजिवन सकेर दक्षिण अफ्रिका वाट प्रथम काला जातिहरुवाट राष्ट्रपति वनेका मण्डेलाले आफ्ना पुराना दुस्मनहरुलाई आम माफि दिएर संगै हातेमालो गरेको इतिहास छ । नेपालमा पनि लामो राजनीतिक इतिहास वोकेका पुराना राजनीतिक दलहरुसंग राष्ट्रिय स्वतन्त्र पाटीले गर्ने सम्वन्ध बदलाभाव नभई मेलमिलाप र सहकार्यको हुनेछ र यसले लोकतन्त्र थप बलियो हुने छ ।





