सिमकोट । प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका जयपति रोकाया विजयीको नजिक पुग्नु भएको छ । मतगणना सुरुवाती देखि नेकपाका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायालाई पछ्याउँदै आउनु भएका जयपति शुक्रबार दिउँसो खार्पुनाथको मतगणनादेखि अग्रस्थान लिदै आउनु भएको थियोे । जिल्लाका ताजकोट, अदानचुली, चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका रोकायाले ८ हजार १ सय ४२ मतान्तर बढाउदै विजयीको नजिक पुग्नु भएको हो । भने ११ सय ८२ मतले अगाडि लिनु रहनुभएको छ । भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डाक्टर रोकायाले ६ हजार ९ सय ६० मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार १ सय ८२ प्राप्त गर्नु भएको छ । अहिले नाम्खा गाउँपालिकाको हेप्काको मतगणना सुरु भइरहेको छ ।
एघार सय ८२ मतले अग्रता लिँदै विजयीको नजिक कांग्रेस उम्मेदवार रोकाया, पछ्याउँदै दिपेन्द्र
एघार सय ८२ मतले अग्रता लिँदै विजयीको नजिक कांग्रेस उम्मेदवार रोकाया, पछ्याउँदै दिपेन्द्र

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





