सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना कार्य जारी काँग्रेस उम्मेदवार जयपति रोकायाले मतान्त्तर फराकिलो पार्दै गएका छन् । पाँच वटा र सिमकोट गाउँपालिकाका छ वटा मतदान केन्द्रको मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाले ५७५ मतको अग्रता लिएका हुन् ।
यो समाचार तयार पारुन्जेलसम्म पाँच वटा गाउँपालिकाका सवै र सिमकोटका छ वटा मतदान केन्द्रको मतगणना गरिदा ५७५ मतले काँग्रेस उम्मेदवार रोकाया अगाडी रहेको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । यसमा रोकायाले छ हजार ८५५ मतल्याउनु भएको छ भने उनलाई नेपाली कम्यनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेर पछ्याई रहेका छन् । अझै सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका बाह्र वटा गरि अठार सत्र वटा मतदान केन्द्रको मतगणना कार्य बाँकी रहेको छ ।

यता नेकपा एमालेका उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५ मत प्राप्त गगरेका छन् । रास्वपाकी टासी लाजोमले १७५ मत ल्याउनु भएको छ भने राप्रपाका छक्क बुढाले एक सय एघार मत ल्याउनु भएको छ । त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले ११५, प्रलोपाका जटिल कार्कीले २४४ मत ल्याएका छन् भने ३०८ मत बदर भएको छ । हालसम्म सोह्र बजार ८५४ मत गणना भएको छ । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।






