सिमकोट । प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेस हुम्लाका उम्मेदवार जयपति रोकाया आफ्नो मतान्तर बढाउनु भएको छ । जिल्लाको दक्षिण भेगको मतगणना हुँदा १२ सय बढीले अग्रता लिनुभएका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले अहिले झिनो मतान्तरले अग्रता लिनुभएको छ । प्रदेश ख को खार्पुनाथ गाउँपालिकाको वडा १,२,३ को मतगणना हुँदा जयपतिले आफ्नो मत बढाउनु भएको हो । डाक्टर रोकायाको हालसम्मको ५ हजार चार सय ८५, र जयपति रोकायाको ५ हजार ६६ मत प्राप्त गर्नु भएको छ । कांग्रेस उम्मेदवार रोकायाको मत अझै बढ्दै जाने देखिएको छ । भने एमाले उम्मेदवार दल फडेराले ३ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस उम्मेदवार रोकायाले बढाए मतान्तर, झिनो मतले अगाडि नेकपाका रोकाया
कांग्रेस उम्मेदवार रोकायाले बढाए मतान्तर, झिनो मतले अगाडि नेकपाका रोकाया

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





