सिमकोट । प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डाक्टर दिपेन्द्र राकायाले चार हजार मत कटाउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अदानचुली, ताँजकोट, चंखेली र सर्केगाड गाउँपालिकाको वडा १ र ८ वडाको मतगणना हुँदा अहिले दश बजेसम्म रोकायाले चार हजार दुई सय ३५ सय मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ । भने नेपाली कांग्रेसका जयपती रोकायाले दुई हजार आठ सय ८१ प्राप्त गरेर पछ्याई रहनु भएको छ । भने नेकपा एमालेका दल फडेराले दुई हजार पाँच सय ३७ र रास्वपाका टासी लाजुमले ९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपा ८२, प्रलोपा १३ र नेकपा माओवादीले ९१ मत प्राप्त गर्दा दुई सय ७ म तबदर भएको छ ।







