सिमकोट । हुम्लाको उत्तरी हिमाल पारीको नामले परिचित नाम्खा गाउँपालिका–६ लिमीको हल्जी मतदान केन्द्र फर्जिको मतलाई लिएर अहिले मतदान कार्य रोकिएको छ । हल्जी गाउँका स्थानीयले फर्जि मत हाल्ने भनेपनि मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नमालेपछि विवाद भएर अहिले मतदान कार्य रोकिएको छ ।
हल्जी गाउँका स्थानीयले गुम्बामा बस्दै आएका लामा (भिक्षु)लाई फर्जि मत हाल्न लगाएपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।

बाक्लो सुरक्षाकर्मीको घेराले अहिले फर्जि मत हाल्ने कार्यलाई पूर्ण बन्द गरेको छ । गुम्मा बस्दै आएका लामा (भिक्षु)लाई फर्जि मत मतदान गर्न नदिएपछि स्थानीय आक्रोसित बनेका हुन् । हल्जी मतदान केन्द्रबाट एक सय ६४ मत खसेको छ । मतदान कार्य बन्द गरिएको छ । यहाँ दुई सय ९३ मतदाता रहेका छन् ।






