सिमकोट । जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –४ को चाला र वडा–६ लिमीका तीनवटा मदतान केन्द्रका कर्मचारी, सुरक्षाकर्मी लगायत निर्वाचन सामग्री सोमबार नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम सिमकोटदेखि त्यसतर्फ ढुवानी गरेको सहयाक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो ।

उहाँका अनुसार यि चारवटा मतदान केन्द्रमा खटिएका एक सय दुई जना कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन प्रहरी बुढानी गरेको उहाँले बताउनुभयो । कर्मचारी तथा सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका उच्च मतदान केन्द्रहरूमा हेलिकप्टरको व्यवस्था गरेको हो ।


पैदल मार्गबाट निर्वाचन सामग्री लैजानु पर्दा कठिनाई हुने भएकोले निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टर मार्फत लिमिका तीनवटा मतदान केन्द्रमा ओसारेको हो ।








