सिमकोट । हुम्ला जिल्लामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७ः ४५मा सुरु हुने भनिएको मतगणना करिब १ घण्टा १५ मिनेट पछि ९ः ५ मा सुरु गरिएको हो ।

जिल्लाका विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ। दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो ।


मतगणनास्थलमा नेपाल प्रहरी र सशस्त्र पप्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मतगणना भइरहेको बताइएको छ ।

प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।







