सिमकोट । पाँच हुन दिनपछि हुन लागेको प्रतिनिधिसधा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाभर ड्रोन प्रयोगमा रोक लगाउने भएको छ । यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म ड्रोन प्रयोगमा रोक लगाइने भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्य लिई ड्रोन लगायतका उपकरणहरुको प्रचलन बढ्दै गएको हुँदा सुरक्षा व्यवस्थालाई ध्यानमा राखी रोक लगाइने भएको छ । मानवरहित ड्रोन उडान सम्बन्धि कार्यविधि, २०७५ जारी भई लागू समेत भइसकेको हुँदा निर्वाचन सम्पन्न नहुँदाको समायवधिसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उहाँको भनाइ रहेको छ । प्रतिबन्ध उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ । निर्वाचनका क्रममा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सबैलाई सहयोग गर्न आग्रह गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले निर्वाचन समयाधिभर मदिार सेवन र विक्री वितरणमा समेत रोक लगाएको छ ।






