डिल्ली शर्मा
सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–२ ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको छ। वडाध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाको आर्थिक प्रगति, बजेट खर्च तथा सेवा प्रवाहसम्बन्धी विवरण सार्वजनिक गरिएको हो।
कार्यक्रममा सार्वजनिक गरिएको विवरणअनुसार चालुतर्फ विनियोजित २७ लाख ५० हजार रुपैयाँमध्ये २६ लाख ७४ हजार १७ रुपैयाँ खर्च भएको छ। उक्त शीर्षकमा ७५ हजार ९८३ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।
त्यस्तै, पुँजीगततर्फ ३७ वटा योजनाका लागि विनियोजित ३७ लाख ५० हजार रुपैयाँमध्ये २७ लाख ४४ हजार ९८२ रुपैयाँ खर्च भएको छ। प्रशासनिकतर्फ विनियोजित १० लाख रुपैयाँ भने शतप्रतिशत खर्च भएको वडाले जनाएको छ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ कृषक लागत सहभागिता र अन्य कार्यक्रममार्फत गरी ३४ लाख १४ हजार ५९ रुपैयाँ बराबरको अनुदान वितरण गरिएको विवरण सार्वजनिक गरिएको छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा वडा कार्यालयले ३ लाख ५५ हजार ४६ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिइएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरोकारवाला, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले वडा कार्यालयको सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयनलगायत विषयमा जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए।
कार्यक्रममा उठेका प्रश्न, गुनासा तथा सुझावमाथि वडा कार्यालयका तर्फबाट आवश्यक जवाफ तथा स्पष्टिकरण दिइएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सहसचिव डिल्ली शर्माले गर्नुभएको थियो।
नेचासल्यान–२ को वार्षिक आय–व्यय सार्वजनिक, ३४ लाख बढी रकम कृषि तथा पशु पालनमा अनुदान वितरण
नेचासल्यान–२ को वार्षिक आय–व्यय सार्वजनिक, ३४ लाख बढी रकम कृषि तथा पशु पालनमा अनुदान वितरण

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





